गुहेश्वरी मर्चेन्ट एण्ड फाइनान्सको सीइओमा अधिकारी
काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा तोयराज अधिकारी नियुक्त भएका छन् । फाइनान्स कम्पनीको सञ्चालक समितिको बैठकले अधिकारीलाई सीइओमा नियुक्त गरेको हो । यसअघिका सीईओ राजेशकुमार श्रेष्ठले सोमबार नै राजीनामा दिएका थिए ।
सञ्चालक समितिले उनको राजीनामा स्वीकृत गरेर अधिकारीलाई सीइओको जिम्मा दिएको हो । अधिकारीलाई ४ वर्षका लागि करार सेवामा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

















