राष्ट्रपति पौडेलद्वारा एनआरएनएको ११ औँ अधिवेशन उद्घाटन , ४ दिनसम्म चल्ने अधिवेशन काठमाडौंमा सुरु

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औँ अधिवेशन काठमाडौंमा सुरु भएको छ । ४ दिनसम्म चल्ने अधिवेशनको आज (मंगलबार)राष्ट्रपति रामचन्द्र पौडेलले राजधानीको होटल सोल्टीमा सम्मेलनको उद्घाटन गरेका हुन् ।उनले स्वस्ती वाचनसहित सम्मेलनको उद्घाटन गरेका छन् ।

२००३ अक्टुबरमा स्थापना भएको एनआरएनए विश्वका ८७ देशमा विस्तार भैसकेको छ। कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री एनपी साउदले विदेशमा हाँसिल गरेको ज्ञान, सिप र लगानी नेपालको विकासमा महत्त्वपूर्ण हुने बताए । उनले एनआरएनएहरु विदेशी नियोगसँग सहकार्य गरी नेपालमा लगानी भित्र्याउन, पर्यटक भित्र्याउन, नेपाली वस्तु विदेशमा निर्यात गर्न र नेपालको गौरवगाथा विश्वभर फैलाउन सक्ने बताए।

अधिवेशनमा ५९ देशका ४ हजार २२७ प्रतिनिधि सहभागी हुँदै छन् । ८७ देशमध्ये ५९ देशमा अधिवेसन भएको थियो । ५९ मध्ये ११ देशमा अनलाइन भेरिफिकेसनको आधारमा निर्वाचन भएको थियो। गैरआवासीय नेपाली संघको नयाँ नेतृत्वकालागि ४ जनाको उम्मेदवारी परेको छ।

हालका अध्यक्षसहित उपाध्यक्ष पनि एनआरएनएको नेतृत्वको लागि प्रतिस्पर्धामा उत्रिएका छन्। संघको निर्वाचन समितिका अनुसार अध्यक्षमा डा।बद्री केसी, महेशकुमार श्रेष्ठ, राजेन्द्रकुमार शर्मा र रविना थापाले उम्मेदवारी दर्ता गरेका छन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *