सानिमा बैंकको १९औं साधारण सभा सम्पन्न


काठमाण्डौं । सानिमा बैंक लिमिटेडले १९ औं वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न गरेको छ । बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पँुजीको ९ प्रतिशत बोनस शेयर र ५.७० प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।


आर्थिक बर्ष २०७९।८० मा रु. २.६१ अर्ब खुद मुनाफा गरेको बैंकको कुल सम्पत्ति रु. २१५.६४ अर्ब, कुल निक्षेप रु. १७८.८५ अर्ब तथा खुद कर्जा सापटी रु १४९.८७ अर्ब रहेको छ । आर्थिक वर्ष २०७८।७९ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः १२.५६, ५.७८ र १२.०२ प्रतिशतले बृद्धि गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *