हिमालयन रि–इन्स्योरेन्सले कार्तिक २१ गतेदेखि आईपीओ निष्काशन गर्दै


काठमाण्डौं । हिमालयन रि–इन्स्योरेन्स लिमिटेडले कार्तिक २१ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा रहेका नेपालीलाई शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा रहेका नेपाली ३० लाख कित्ता शेयर निष्काशन गर्ने छ । कम्पनीले प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २०६ रुपैयाँमा आईपीओ निष्काशन गर्न लागेको हो । यस निष्काशनमा मङ्सिर ५ गतेसम्म आवेदन दिन सकिने छ ।

आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ३ लाख कित्ताको लागि आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ । श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा रहेका नेपालीलाई निष्काशन गरेको शेयर बाँडफाँड भएपछि कम्पनीले सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ । कम्पनीले सर्वसाधारणलाई २ करोड ४९ लाख कित्ता शेयर निष्काशन गर्ने छ । नेपाल धितोपत्र बोर्डले कार्तिक १ गते कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको हो । कम्पनीले भदौ २६ गते बोर्डमा आवेदन दिएकोमा ३५ दिन मै आईपीओ निष्काशनको अनुमति पाएको हो । हिमालयन रि–इन्स्योरेन्स निजि क्षेत्रको लगानीमा स्थापित पुनर्बीमा कम्पनी हो।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *