लमजुङ जिप दुर्घटना १६ जना घाइते


दूधपोखरी गाउँपालिका ६, साल्मेबाट सुन्दरबजार नगरपालिकाको भोटेओडारतर्फ आउँदै गरेको यात्रुबाहक जिप दुर्घटना हुँदा जिपमा सवार सबै १६ जना नै घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाइँले बुधबार बिहान सवा ९ बजेतिर ग१ज ६३९१ नम्बरको जिप ओरालोमा दुर्घटना भएको बताए । प्रहरीका अनुसार दोर्दी गाउँपालिका ३ का ५० वर्षीय प्रेमकुमारी गुरुङलाई एचडीसीएस(नमुना सामुदायिक अस्पताल सुन्दरबजारमा सामान्य उपचारपछि थप उपचारका लागि नयाँ मेडिकल कलेज चितवन रिफर गरिएको छ ।

गम्भीर घाइते दूधपोखरी गाउँपालिका ६ की ३७ वर्षीया मोनिका घलेलाई पुरानो मेडिकल कलेज चितवन लगिएको छ । गम्भीर घाइते राइनास नगरपालिका ८ हर्राबोटका १३ वर्षीय कृश्चल गुरुङलाई थप उपचारका लागि काठमाडौंस्थित ग्राण्डी अस्पतालमा रिफर गरिएको छ । हर्राबोटकै ४४ वर्षीया दूरकाशी भनेर चिनिने दुर्गा गुरुङलाई पनि ग्राण्डी अस्पताल रिफर गरिएको छ । हर्राबोटकै १७ वर्षीया निकिता गुरुङको एचडीसीएस–नमुना सामुदायिक अस्पताल सुन्दरबजारमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दूधपोखरी गाउँपालिका ६ का २७ वर्षीया संगीता घले गुरुङ, २४ वर्षीया मुना घले, १ वर्षीया प्रिया गुरुङ, १२ वर्षीय जियुष घले, ८ वर्षीया जियन्स घले, ६८ वर्षीय नरमान गुरुङ, २९ वर्षीया पूजा गुरुङ, ७ वर्षीया स्यामरुन गुरुङ, ३५ वर्षीया योमाया गुरुङ र दोर्दी गाउापालिका ३ का १९ वर्षीया हेमा गुरुङ घाइते भएकोमा उनीहरु उपचारपछि घर फर्केका छन् । चालक बेंसीसहर नगरपालिका १, रतनपुरका ३१ वर्षीय सन्तोष गुरुङको पनि अस्पताल उपचार गरिएको छ । उपचारपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । क्षमता भन्दा बढी यात्रु भएकाले ओरालोमा दुर्घटना भएको हुन सक्ने प्रहरीले बताएको छ । कच्ची सडकबाट करिब ५० मिटर तल खसेर जिप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *