नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भुकम्प प्रभावितका लागि ५० लाख सहयोग गर्ने


काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भुकम्प प्रभावित क्षेत्रका लागि ५० लाख सहयोग गर्ने भएको छ । बैंकले शुक्रबार राति जाजरकोट जिल्ला केन्द्रबिन्दु भई गएको भुकम्प प्रभावित क्षेत्रमा पचास लाख रुपैयाँ सहयोग गर्ने भएको हो ।

आज बसेको बैंकको संचालक समितिको बैठकले जाजरकोट भूकम्पबाट प्रभावितहरुको राहतका लागि सामाजिक उत्तरदायित्व अन्तर्गतमा रहेर ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । यो रकम बैंकले प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा जम्मा गर्ने बताएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *