ग्लोबल आईएमईका ग्राहकले तिहारमा डिजिटल कारोबार गर्दा क्यासब्याक पाउने


काठमाडौं । ग्लोबल आईएमई बैंकका ग्राहकले यस वर्षको तिहारमा विभिन्न डिजिटल कारोबार मार्फत सामान किन्दा निश्चित क्यासब्याक पाउने भएका छन् । डेबिट तथा क्रेडिट कार्ड बाहकले नेपालभरका पस मेसिनमा एक हजार वा सो भन्दा बढीको कम्तीमा ३ वटा कारोबारमा ३ सय वा ५ वटा कारोबारमा ५ सय रुपैयाँ क्यासब्याक पाउने बैंकले जनाएको छ ।

‘पस मेसिनमार्फतको कारोबारमा क्यासब्याक पाउने समयावधि २५ कात्तिकदेखि २९ कात्तिक भाइटीकाको दिनसम्म रहेको छ । बैंकको मोबाइल बैंकिङ एप ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताले २५ २९ कात्तिकसम्म बेलुका ५ ८ बजेसम्म क्यूआरमार्फत प्रोमो कोड ‘तिहार’ लेखी भुक्तानी गर्दा खरिदको १० प्रतिशत वा ३ सय रुपैयाँसम्म क्यासब्याक प्रदान गरिने बैंकले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *