खतरनाक बन्दै दुर्गा प्रसाई , उपत्यका लगाएत वरपर निषेधाज्ञा जारी

काठमाडौं । बिहीबार काठमाडौंमा भ्रातृसंगठन युवा संघ र दुर्गा प्रसाई समूहले गर्न लागेको आन्दोलनलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रपति कार्यालय शीतलनिवास र प्रधानमन्त्री निवास बालुवाटार वरपरका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

प्रशासनले नयाँ बानेश्वरको संसद् भवन, उपराष्ट्रपति कार्यालयमा पनि निषेधाज्ञा जारी गरेको छ । कहिल्यै निषेधाज्ञा जारी नहुने ललितपुरमा प्रशासनले पुल्चोक क्षेत्रमा ६ महिना निषेधाज्ञा जारी गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले मंगलबार राति निषेधाज्ञाको आदेश जारी गर्दै मंसिर ५ गतेदेखि ३० दिनसम्म पाँच जनाभन्दा बढी व्यक्ति भेला भएर जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभालगायतका आन्दोलन वा विरोधका कार्यक्रम गर्न नपाइने जनाएका छन् ।

जारी निषेधाज्ञामा शीतलनिवासमा पूर्वतर्फ पवित्र वर्कसपसम्म, पश्चिममा सामाखुशी निस्किने नालासम्म, उत्तरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको दक्षिण–पूर्वी गेटसम्म र दक्षिणमा प्रहरी अस्पताल जाने मोडसम्म रोक लगाइएको छ । यस्तै बालुवाटारमा पवित्र वर्कसप चोकबाट बालुवाटारतर्फ नेपाल राष्ट्र बैंक चोकसम्म र सभामुख निवासदेखि गैह्रीधारा जाने बाटोको पश्चिम दक्षिण एक सय मिटरसम्म निषेधित क्षेत्र तोकिएको छ ।

विशिष्ट व्यक्तिहरूको निवास कार्यालय रहेको क्षेत्रमा भेला भई धर्ना, जुलुसजस्ता कर्याक्रम गर्दा आपसी शान्ति सुरक्षा भंग हुनसक्ने र नागरिकको सेवा प्रवाहमा असर गर्न सक्ने भएकाले सो क्षेत्रमा धर्ना, जुलुस गर्न रोक लगाइएको जनाइएको छ । यसअघि स्थानीय प्रशासनले माइतीघर–बानेश्वर र ललितपुरको पुलचोक क्षेत्रमा निषेधको आदेश जारी गरिसकेको छ । पछिल्लो समय सरकारविरोधी गतिविधि बढेका छन् । सुरक्षा खतरा बढेपछि सरकारले निषेधाज्ञा लगाएको हो ।

एउटा व्यक्तिको आन्दोलनबाटै सरकार डराउनलाई सामान्य मानिएको छैन । हिजो २४० वर्षे राजतन्त्र फाल्न आन्दोलनमा उत्रिएका ठूला दलहरूविरुद्ध पनि तत्कालीन सरकार यसरी कठोर बनेको देखिएको थिएन । तर गणतन्त्रमा मुख्य मुख्य स्थानमा निषेधाज्ञा जारी गर्नुलाई सरकार एक हदसम्म मनोवैज्ञानिक त्रासमा परेको देखिन्छ ।

सुरक्षा निकायले प्रसाई समूहले बिहीबार पाँच हजार मान्छे उतार्ने अनुमान गरेका छन् । तर सर्वसाधारण त्यो मान्न तयार छैनन् । प्रसाई समूहले डेढ लाख मान्छे काठमाडौं आउने र सरकारलाई अन्तिम धक्का दिने दाबी गरेको छ । त्यसैले सरकारले हतार हतारमा निषेधाज्ञा जारी गरेको स्पष्ट हुन्छ ।

खासगरी दुर्गा प्रसाई कोबाट परिचालित छन् रु पछाडि को छ रु भन्ने सरकारले सुइँको पनि पाएको छैन । प्रसाईले सहकारी, लघुवित्त तथा बैंकको ऋणबाट पीडितको आन्दोलनको नेतृत्व गरेका छन्, त्यही समूह एमालेको भोट बैंक थियो, वैचारिक र सांगठिनक रूपमा । अहिले त्यही समूह आन्दोलित हुँदा एमाले प्रतिवादमा उत्रिएको स्पष्ट हुन्छ ।

केही दिनयता प्रसाईले तराईका हिन्दु अतिवादीहरुलाई उचाल्न सबै अस्त्र प्रयोग गरिरहेका छन् । त्यसमा पारिकाहरुको पनि स्वार्थ मिसिएको अनुमान गरिएको छ । प्रसाई शान्त तलाउमा धर्मरुपी ढुंग हान्न तम्सिएका छन् । प्रसाईलाई एउटा फ्रस्टेटेड र अवसरवादी व्यापारीको रुपमा मात्र हेर्नु अब भूल हुन सक्ने सरकारले विश्लेषण गरेको छ । त्यसै कारण पनि सरकारले यसोे गरेको हुनसक्ने देखिन्छ । यदि प्रसाईले सोचे र भने जति मात्र गर्ने हुन भनेपनि के सम्म गर्न हुन सरकार गम्बिर बनेको छ । साथै सरकार र अन्य राजनितिक दलले समेत प्रसाई कसरि खतरनाक बने भन्ने समेत पनि थाहा पाउन सकेको र्छैनन् ।

प्रहरीद्वारा बिहीबारको आन्दोलनमा हतियारको प्रयोग हुनसक्ने आशंका

साथै यसै बिचमा गएराति दुर्गा प्रसाईँको कार्यक्रममा आएका समर्थक सुतेको ठाउँबाटै लखेटिएका छन् । र उक्त घटना कसले गर्यो भन्ने थाहा पाएको छैन इटहरीदेखि काठमाडौँ आएका प्रसाईँ समर्थक मंगलबार राति चाबहिलस्थित एक पार्टी प्यालेसमा सुतिरहेको अवस्थामा अमानवीय तवरले लखेटिएका थिए साथै लखेट्नेहरुमा एमालेको भातृ संगठन युवा संघका कार्यकर्ता बताउँदै मध्यराति सुतिरहेका महिलाहरुलाई लखेटेको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल बनेपछि मावल झन खतरनाक बनेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *