रेमिट्यान्स कम्पनीमा आईएमई बन्यो सबैभन्दा बढी कर तिर्ने


काठमाडौं । आईएमई लिमिटेड सबैभन्दा बढी आयकर तिर्ने कम्पनीको रूपमा सम्मानित भएको छ । राष्ट्रिय कर दिवस २०८० का अवसरमा बिहीबार काठमाडौँमा आन्तरिक राजस्व विभागले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले आईएमईलाई सम्मानित गरेका हुन् ।

आईएमई ग्रुपका प्रबन्ध निर्देशक र आईएमई लिमिटेडका संस्थापक तथा सञ्चालक हेमराज ढकालले उक्त सम्मान थापेका हुन् । आर्थिक वर्ष २०७८।७९ मा विभिन्न १६ विधामा सर्वाधिक आयकर तिर्ने कम्पनीहरूमध्ये रेमिट्यान्स तर्फ आईएमई लिमिटेडले सबैभन्दा बढी आयकर बुझाउन सफल भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *