दुर्गा प्रसाईंलाई निवासमै नजरबन्द , दिइएन निस्किन

काठमाडौं । सरकारले मेडिकल व्यवसायी तथा गणतन्त्र विरोधी अभियान्ता दुर्गा प्रसाईलाई निवासमै नजरबन्दमा राखेको छ ।

गृह मन्त्रालय स्रोतका अनुसार उनलाई भक्तपुरस्थित निवासमै नजरबन्दमा राखिएको हो । अहिले उनको निवास वरपर प्रहरीले पहरा दिइरहेको छ । प्रसाईंका प्रेस संयोजक सज्जन पोखरेलका अनुसार निवास वरपर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको र आउजाउ गर्नेमाथि खोधपुछ भइरहेको छ ।

बिहीबारको प्रदर्शनपछि अनिश्चितकालिन प्रदर्शनको तयारी गर्दै प्रसाईले आज पनि तीनकुनेमा उपस्थित हुन समर्थकहरुलाई अनुरोध गरेपछि उनका समर्थकहरुद्धारा अराजक गतिविधि हुन सक्ने भन्दै सरकारले प्रसाईंलाई घरभित्र मात्रै बस्न पाउने गरी नजरबन्दको तयारी गरेको हो ।

बिहीबार बल्खुमा भएको प्रदर्शनका क्रममा पाँच प्रहरीसहित २८ जना घाइते भएका थिए । नेकपा एमाले निकट युवा संघ र पसाईंले एकै दिन माइतीघर मण्डलामा शक्ति प्रदर्शन गर्ने घोषणा गरेपछि दुई पक्षबीच मुठभेठ हुने सम्भावनालाई मध्यनजर गर्दै काठमाडौं जिल्ला प्रशासनले उनीहरुलाई छुट्टाछुट्टै स्थान तोकिदिएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *