नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. भुसाल नियुक्त


काठमाडौं । नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. चोपलाल भुसाल नियुक्त भएका छन् । गत मंसिर १३ गतेको मन्त्रिपरिषदको बैठकले डा। भुसाललाई अध्यक्ष पदमा नियुक्त गरेको हो ।
डा. भुसाल ४ वर्षे कार्यकालको लागि अध्यक्षमा नियुक्त भएका हुन् । यसअघि काउन्सिलको अध्यक्ष डा।भगवान कोइराला थिए । उनको कार्यकाल सकिएपछि भुसाललाई अध्यक्षमा नियुक्त गरिएको हो । डा.भुसालले अध्यक्ष पदको कार्यभार सम्हाल्नको लागि पत्रसमेत बुझिसकेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *