डिसहोमको दशैंतिहार योजनाका विजेता सार्वजनिक
काठमाडौं । ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गतका विजेता आनसिंह बोहरालाई पुरस्कार रकम हस्तान्तरण गरिएको छ । डिस मिडिया नेटवर्कका रिजनल सेल्स म्यनेजर विपिन्द्र न्यौपानेले विजेता बोहरालाई नगद एक लाख रुपैयाँ हस्तान्तरण गरिएको डिसहोमले जनाएको छ ।
२० कात्तिक २०८० मा भएको लक्की ड्र मार्फत धनगढीका बोहराले नगद एक लाख जितेका हुन् । डिसहोमले दशैं तिहारलाई लक्षित गर्दै नयाँ योजना सार्वजनिक गरेको थियो ।