अस्पतालमा उपचाररत गृह मन्त्री श्रेष्ठलाइ भेटन पुगे प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गंगालाल अस्पतालमा उपचाररत उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठलाइ भेटन पुगेका छन् ।

मंगलबार गृहमन्त्री श्रेष्ठले छातीमा असहज महसुस गरेपछि नियमित स्वास्थ्य परिक्षणको क्रममा गंगालाल हृदयरोग केन्द्रमा उपचारका लागि भर्ना भएका थिए । भर्ना भएका श्रेष्ठलाइ भेटन प्रधानमन्त्री अस्पताल पुगेका हुन् ।

गृह मन्त्री श्रेष्ठका स्वकिय सचिव विजय गौतमका अनुसार उनको स्वास्थ्य स्थीति सामान्य र स्थीर रहेको छ । उनका अनुसार मङ्सिर १९ गते बेलुकी Angiogram गरी देब्रे नसा (left Anterior Descending Coronary Artery) को Angioplasty सम्पन्न गरिएको छ।

यसअघि करिब ७ हप्ता अघि चीन भ्रमणको क्रममा उनको left circumflex artery मा Angioplasty गरिएको थियो । सघन कक्षमा उपचाररत उहॉंको स्वास्थ्य अवस्था स्थिर रहेको गृह मन्त्रालयले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *