प्रधानमन्त्रीले भेटे वेपत्ता भएका जोशीका परिवारलाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलमा हमासले गरेको आक्रमणपछि वेपत्ता भएका विपिन जोशीको परिवारलाई भेटेका छन् ।

आज बिहान कैलालीको धनगढी विमानस्थलमा जोशी परिवारलाई भेटेका हुन । भेटमा विपिनका अभिभावकले विपिनको उद्धारको पहलबारे सोधेका थिए । साथै छिटो उद्धार गरिदिन आग्रह पनि गरेका थिए । प्रचण्डले विपिनको सकुशल रिहाइका लागि अधिकतम कूटनीतिक पहल जारी राखेको बताएका थिए । प्रधानमन्त्री प्रचण्ड सुदूरपश्चिम महोत्सव उदघाटन कार्यक्रममा सहभागी हुन आज बिहान कैलाली पुगेका छन् । सोही क्रममा उनले जोशी परिवारसँग भेटघाट गरेका हुन्

यसअघि परराष्ट्रमन्त्री एनपी साउद कञ्चनपुर गएका बेलामा पनि विपिनका आमा–बुवाले उनीसँग भेटेर विपिनको अवस्था पत्ता लगाउन भइरहेको प्रयासबारे जानकारी लिएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *