प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा बिदा नदिन र बालबालिका प्रयोग नगर्न निर्देशन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू सहभागी हुने कुनै पनि सार्वजनिक कार्यक्रममा सार्वजनिक बिदा नदिन निर्देशन दिएका छन् । कार्यक्रममा बालबालिकाहरूलाई समेत सहभागी नगराउन सरकारी निकायलाई निर्देशन दिएको सचिवालयले जनाएको छ ।
रामेछापको सुनापति गाउँपालिकामा पुस १९ गते प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा पालिकाले सार्वजनिक बिदा दिएपछि प्रधानमन्त्रीले निर्देशन दिएका हुन् । प्रधानमन्त्री सहभागी हुने अन्य कार्यक्रममा सार्वजनिक बिदा नदिन र बालबालिका प्रयोग नगर्न प्रधानमन्त्रीको निर्देशन रहेको सचिवालयले जनाएको छ ।