राष्ट्रियसभा निर्वाचन : एमालेले १९ सिटमा उम्मेदवारी दिने

काठमाडौँ । राष्ट्रियसभाको निर्वाचनमा नेकपा एमालेले राष्ट्रियसभाको सबै सिटमा उम्मेदवारी दिने तयारी गरेको छ ।

आज (शुक्रबार) बसेको सचिवालय बैठकले राष्ट्रियसभाको सबै सिटमा उम्मेदवारी दिने तयारी गरेको हो । सत्ता गठबन्धनबाट सहकार्य गर्ने विषयमा अपौचारिक रुपमा कुनै प्रस्ताव नआएको जनाउँदै अहिलेलाई सबै प्रदेशबाट १९ वटै सिटमा उम्मेदवारी दिने निर्णय गरेको हो।

राष्ट्रिय सभा निर्वाचनमा सहकार्य गर्ने सम्बन्धमा विगत केही दिनदेखि सत्ता गठबन्धन दलहरूसँग एमालेले छलफल गरिरहेको थियो । तर आज बसेको सचिवालय बैठकले आफ्नो मत सुरक्षित गर्न पनि सबै स्थानमा उम्मेदवारी दिने निर्णय गरेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *