राष्ट्रियसभा निर्वाचन : कांग्रेसका सिटौला निर्वाचित

काठमाडौं । कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचनमा कांग्रेस उम्मेदवार कृष्णप्रसाद सिटौला विजयी भएका छन् ।

अन्य तर्फबाट उमेद्वार बनेका सिटौलाले एमाले राप्रपा गठबन्धनबाट उम्मेदवार बनेका उद्धव पौडेललाई पराजित गरेका हुन् ।२ जना प्रदेश सभा सदस्यले फ्लोर क्रस गरेर पौडेललाई मत हालेपनि स्थानीय तह तर्फ भने सिटौलाले अग्रता हासिल गरेपछि विजयी भएका हुन् ।

सिटौलाले कुल ५ हजार २९२ मतभार प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्दी पौडेलले ४ हजार ५६२ मतभार प्राप्त गरेका छन् । कोशी प्रदेशमा निर्वाचक मण्डलका सदस्यहरु मध्ये प्रदेश सभाका सदस्यतर्फ ९३ जना मतदाता रहेकोमा ९३ जनाले नै मतदान गरी १०० प्रतिशत र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ २७३ मतदाता रहेकोमा २७१ जनाले मतदान गरी ९९.४५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

सत्ता गठबन्धनले महिला सिट गुमाएको छ भने नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका कृष्णप्रसाद सिटौलालाई गठबन्धनकै दुई सांसदले मत दिएनन् । महिलातर्फ एमालेकी रूक्मिणी कोइराला निर्वाचित भएकी छिन् । उनले सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी मा‌‌ओवादी केन्द्रकी चम्पादेवी कार्कीलाई पराजित गरिन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *