बुडोल सामुदायिक साकोसको रजत महोत्सव

काभ्रे। ,बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.ले रजत महोत्सव समारोह सम्पन्न गरेको छ । संस्था सञ्चालनको २४ औं वर्ष पार गरी २५ वर्षमा प्रवेश गरेको अवसरमा विशेष समारोह आयोजना गरिएको हो । बागमति प्रदेश सरकारका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका अध्यक्ष कैलाश के.सी. सभापति रहेका थिए । प्रमुख अतिथि मन्त्री महर्जनले बुडोल सामुदायिक साकोस जस्तो राम्रो सहकारी कमै मात्र पाएको बताउँदै बागमति प्रदेश सरकारको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय पछिल्लो सयम सहकारी क्षेत्रको बदनाम गराउन चालिएका विभिन्न कदमदेखि चिन्तित भएको बताए । उनले भने – ‘ऐन नै संशोधन गरेर भए पनि सहकारी क्षेत्रको उन्नयनका लागि पहल गरिनेछ, सहकारीको ऋण असुलीको विषयलाई प्राथमिकतामा राखिनेछ ।’ कार्यक्रममा विशिष्ट अतिथि राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य सुमन नेपाल, नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय सहकारी संघ लि। ९नेफ्स्कुन० का वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी, राष्ट्रिय सहकारी बैंकका सञ्चालक सदस्य रामहरि बजगाई रहेका थिए । त्यस्तै अतिथिहरुमा बागमति प्रोस्कुनका कोषाध्यक्ष केशव दंगाल, जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष दिलिप शर्मा, काभ्रे जिल्ला बचत संघ काभ्रेका अध्यक्ष उदयराम कायस्थ, बुडोल सामुदायिक साकोसका प्रमुख सल्लाहकार रामहरि के।सी।, नेपाल पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष मोतिराम तिमल्सिना, मनोहरा कृषि शीत भण्डार प्रा.लि.का अध्यक्ष विशाल हुमागाईं लगायत काभ्रे जिल्लामा अवस्थित विभिन्न सहकारी संस्थाका प्रतिनीधिहरुको उपस्थिति रहेको थियो । संस्थाले आफ्नो रजत वर्षको अवसरमा विभिन्न कार्यक्रम साथसाथै सामाजिक उत्तरदायित्व वहन गर्दै विभिन्न सामाजिक क्रियाकलाप गरेको थियो । कार्यक्रममा संस्थाले प्रकाशन गरेको ‘बुसा रजत स्मारिका’ लाई प्रमुख अतिथि बागमति प्रदेश सरकारका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जन र कार्यक्रमका सभापति कैलाश के.सी.ले संयुक्त रुपमा लोकार्पण गर्नुभएको थियो । कार्यक्रममा बुडोल सामुदायिक साकोस विगतदेखि वर्तमानसम्म अवस्था झल्कने भिडियो सामाग्री प्रस्तुत गरिएको थियो । बुडोल सामुदायिक साकोसले सहकारी क्षेत्रमा योगदान दिने व्यक्तिलाई वर्षेनी ‘बुसा सहकारी साधना सम्मान’बाट सम्मान गर्दै आएको छ, यो वर्ष भने सहकारी विज्ञ, सहकारी क्षेत्रमा योगदान पु¥याउनु भएका रामहरि के।सीलाई सम्मान गरेको छ ।

त्यस्तै ‘बुसा दीर्घ सेवा पदक’ बाट संस्थाको स्थापना कालदेखि सेवा गर्नुभएका हालका प्रमुख कार्यकारी अधिकृत विवेकराज ठकुरीलाई सम्मान गरिएको छ । त्यस्तै संस्थाले रजत महोत्सवको अवसरमा आयोजित जिल्लास्तरीय अन्तरविद्यालय सहकारी निबन्ध लेखन प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । साथै संस्थाले उत्कृष्ट सदस्य सम्मानबाट असल ऋणी २ जना, उत्कृष्ट बचतकर्ता २ जना, अधिकतम शेयर खरिदकर्ता २ जना, उत्कृष्ट बाल बचतकर्ता २ जना र अधिकतम संरक्षित पूँजी फिर्ता कोषबाट लाभ लिने २ जना सदस्यलाई सम्मान गरिएको थियो । बुसा विशिष्ट सदस्य सम्मानबाट निजामति सेवा, सामाजिक सेवा, सुरक्षा सेवामा उच्च तहमा रहि सेवा गर्नुभएका सदस्यलाई सम्मान गरिएको थियो । बुसा शैक्षिक सम्मानतर्फ स्नात्तकोत्तर, स्नातक र दश जोड दुई उत्तीर्ण गर्ने २३ जना सदस्यलाई सम्मान गरिएको थियो । त्यस्तै संस्थापक सञ्चालक सम्मानबाट संस्थापक सञ्चालकहरुलाई सम्मान गरिएको थियो । साथै पूर्व सञ्चालक सम्मानबाट ८२ जना पूर्व सञ्चालकहरुलाई सम्मान गरिएको थियो । उक्त कार्यक्रममा राष्ट्रिय सहकारी महासंघको ३१ औं साधारण सभाबाट नवनिर्वाचित अध्यक्ष ओमदेवी मल्लसहितका पदाधिकारी र नेफ्स्कुनको ३२ औं साधारण सभाबाट नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकालसहितका पदाधिकारीहरुलाई कार्यक्रममा उपस्थित विशिष्ट अतिथि राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य सुमन नेपाल र नेफ्स्कुनका वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीलाई बधाई तथा शुभकामना पत्र हस्तान्तरण गरिएको थियो । कार्यक्रममा उत्कष्ट कर्मचारी सम्मानबाट संस्थाका कर्मचारी अशोक खत्रीलाई सम्मानपत्र र नगदसहित सम्मान गरिएको थियो । साथै संस्थाले रजत महोत्सवको अवसरमा आयोजित सेल्फ मेकअप तालिममा प्रशिक्षकको भूमिका निर्वाह गर्नुभएकी प्रशिक्षक सुनिता मल्ल ठकुरीलाई प्रसंशा पत्र हस्तान्तरण गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्यसहित संस्थाको संक्षिप्त परिचय संस्थाका अध्यक्ष कैलाश के।सी।ले राखेका थिए । कार्यक्रम सञ्चालन संस्था सहसचिव प्रकाश भुर्तेल र वरिष्ठ कार्यकारी अधिकृत रामकृष्ण रायक्षेत्रीले संयुक्त रुपमा गर्नुभएको थियो । कार्यक्रमको अन्त्यमा धन्यवाद ज्ञापन संस्थाका उपाध्यक्ष प्रेमनाथ शर्मा कोइरालालेगरेका थिए । संस्थाले रजत महोत्सवको अवसर पारेर विभिन्न समयमा रक्तदान कार्यक्रम, बुसा मोबाइल एप प्रयोगसम्बन्धी भिडियो रिलिज, वित्तीय साक्षरता शिविर, बृहत घरदैलो कार्यक्रम, विद्यालयमा बुसा कार्यक्रम, सेल्फ मेकअप तालिम, सहकारी निबन्ध लेखन प्रतियोगिता, अचार बनाउने तालिम, सञ्चालकहरुको क्षमता विकास अभिमुखिकरण कार्यक्रम, ज्येष्ठ सदस्य तीर्थाटन कार्यक्रम, खाद्यान्न सहयोग हस्तारन्तरण, अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्रलाई खाद्यान्न सहयोग, सहकारी संघ÷संस्थाका सञ्चालकहरुको मैत्रीपूर्ण फुटसल कार्यक्रम आयोजना गरेको थियो

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *