नेपाल लाइफले ४२ करोड ७७ लाख खुद नाफा कमायो

काठमाण्डौ । नेपाल लाईफ ईन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०।०८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको खुद नाफा १२.८९ प्रतिशतले बढेको छ । चालु आवको दोस्रो त्रैमाससम्म कम्पनीले ४२ करोड ७७ लाख ३७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले ३७ करोड ८८ लाख ६७ हजार रुपैयाँ आर्जन गरेको थियो । दोस्रो त्रैमाससम्म कम्पनीको कुल बीमाशुल्क संकलन पनि बढेको छ ।

दोस्रो त्रैमाससम्म कम्पनीले २० अर्ब ६ लाख रुपैयाँ संकलन गरेको छ । गत आवको सोहि अवधिमा कम्पनीले १८ अर्ब ६२ करोड ७४ लाख रुपैयाँ कुन बीमाशुल्क संकलन गरेको थियो । यस्तै कम्पनीले पोलिसि धितामा बीमितलाई दिएको कर्जाको व्याजबाट मात्र २ अर्ब ३ करोड ७८ लाख रुपैयाँ आम्दानी गरेको छ । यस्तो आम्दानी गत वर्षको सोहि अवधिमा १ अर्ब ५७ करोड ४९ लाख रुपैयाँ रहेको थियो । दोस्रो त्रैमाससम्म आईपुग्दा कम्पनीले दिर्घकालीन रुपमा १ खर्ब ४२ अर्ब ९१ करोड ६९ लाख रुपैयाँ लगानी गरेको छ । त्यसैगरी कम्पनीले ४ अर्ब १७ करोड १७ लाख रुपैयाँ अल्पकालिन लगानी गरेको हो । ८ अर्ब २ करोड ८० लाख रुपैयाँ चुँक्ता पुँजी रहेको कम्पनीको प्रति शेयर आम्दानी १०.४२ रुपैयाँ, नेटवर्थ १२८.०१ रुपैयाँ, पीई अनुपात ६२.८६ गुणा रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *