क्यानडाविरुद्ध भीमको शतक
काठमाडौँ । भीम सार्कीले क्यानडाविरुद्ध शतक बनाएका छन् ।
क्यानडाले दिएको २३३ रनको लक्ष्य पछाएको नेपालकालागि ब्याटिंग गर्दै भीमले १२७ बलमा शतक पुरा गरेका हुन् । भीमको एकदिवसीय क्रिकेटमा यो पहिलो शतक हो । साथै उनी नेपालका लागि एकदिवसीय क्रिकेटमा शतक बनाउने आठौँ खेलाडी बनेका छन् ।
यसअघि अनिल शाहले यसै खेलमा शतक बनाएका छन् भने पारस खड्का, रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आसिफ सेख र कुशल मल्लले पनि एकदिवसीय शतक बनाएका छन् ।