सिटिजन्स बैंकको ९.९९ प्रतिशतमा घर कर्जा योजना

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ योजना सार्वजनिक गरेको छ । सात वर्षका लागि स्थिर रहने गरी ९.९९ प्रतिशतमा घर कर्जा योजना सार्वजनिक गरेको हो । सात वर्षपछि भने बैंकको प्रचलित औसत मासिक आधार दरभन्दा एक प्रतिशत बढीको प्रिमियम दर लागु हुने जनाइएको छ । कर्जा रकमको ०.५० प्रतिशत व्यवस्थापन शुल्क लाग्ने बताइएको छ ।

घर कर्जाअन्तर्गतका अन्य सुविधामा निःशुल्क क्रेडिट कार्ड, डेबिट कार्ड र पहिलो वर्षका लागि लकर सुविधा शुल्कमा ५० प्रतिशत सर्तसहितको छुट रहेको छ । सिटिजन्स बैंकले हाल १९० वटा शाखा कार्यालय, १५२ वटा एटीएम र ९७ वटा शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिँदै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *