संघीय संसद्अन्तर्गतको प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । संघीय संसद्अन्तर्गतको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

सरकार परिवर्तन भएपछि आजको बैठक स्थगित भएको हो । विशेष परिस्थितिका कारण प्रतिनिधि सभाको आजको बैठक फागुन २४ गते बिहीबार बिहान ११ बजेका लागि सूचना टाँसेर स्थगित गरिएको सभामुख देवराज घिमिरका प्रेस बिज्ञ शेखर अधिकारीले जानकारी दिए ।

आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्मा सम्बोधन गर्ने कार्यतालिका थियो । कांग्रेस–माओवादीको गठबन्धन भत्किएर नयाँ सत्ता समीकरण बन्ने भएपछि आजको बैठक स्थगित भएको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *