प्रधानमन्त्री प्रचण्डको गतिविधिले मुलुक कंगाल बन्ने पक्का

  • रवि लामिछाने आफ्नो अनेकौँ अपराध ढाकछोप गर्न गृह मन्त्रालय हत्याउन सफल
  • साना दलहरुको छेपारे प्रवृत्ति रोकेर मुलुकलाई स्थायित्व दिने गरी अघि बढ्न कांग्रेस एमालेलाई कुन तत्वले सधैँ रोक्न सफल हुन्छ ?

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कंग्रेससँग रहेको गठबन्धन तोडी प्रमुख विपक्षी दल नेपाल कम्युनिष्ट पार्टी एमालेलाई सरकारमा सामेल गरेका छन् । नेपाल (माओवादीकेन्द्र) का अध्यक्ष समेत रहेका दाहालले कुन स्वार्थले हठाथ त्यस्तो निर्णय लिए भन्ने वारेमा अहिले राजनीतिक वजारमा गरमागरम वहस चलिरहेको छ ।

राजनीतिक जानकारहरु दाहालको अविश्वसनीय चरित्रका बारेमा भलिमाँती जान्छन । पद, पैसा र परिवारवाद लाई आफ्नो जीवनको आदर्श ठान्ने प्रचण्ड भनिने पुष्पकमल दाहालको गठबन्धन परिर्वनको यो पहिले कदम होइन र उनी यस गठवन्धनमा दीगो ढंगले वचन निभाउछन भन्ने विश्वास गर्ने आधार पनि छैन । संविधानसभाद्वारा वर्तमान संििवधान जारी भएपछि दाहाल र ओलीको गठबन्धन निर्माण भएको थियो । ओलीले प्रधानमन्त्री बन्दा दाहलसंग गरेका सहमति पुरा नगरेको भनेर उनले एकबर्ष नपुग्दै गठबन्धन तोडेर कांग्रेससंग मिली संयुक्त सरकार बनाएका थिए । देउवा दाहलले पालैपालो सरकारको नेतृत्व गरेपनि आमनिर्वाचन ताका ओलीसंग पार्टी एकता गर्ने गरी साझा घोषणापत्र सहित चुनावमा गएपछि दाहालको चरित्र र वेश्या आइमाइको व्यवहार एकै भन्ने चर्चा चलेको थियो । त्यसवेला एमाले र माओवादीले दुई पटकै किचलोका कारण त्यो एकता पनि टिकेन । सर्वौच्च अदालतलाई प्रयोग गरी एमाले माओवादी विउँजिएपछि माधव नेपाल एमालेबाट अलग भइ नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) गठन गरे । त्यस यता एमालेले नेपाल र दाहाललाई शत्रुको व्यवहार गर्दै आएको छ । ओलीले त नेपाल र दाहाललाई आफ्नो स्वास्नी लगिदिने जार जस्तो व्यवहार गरेका थिए । फेरि रातारात एमाले र माओवादीलाई कुन जादुले जोड्यो कसरी दुइशत्रु एक भए सबै आश्चर्यचकित भएका छन । दाहाल नेतृत्वको वर्तमान सरकार नै पनि पहिले ओलीकै समर्थना वनेको थियो । तीन महिना पुरा हुँदानहुँदै विनाकारण दाहालसंग सम्वन्धतोडी देउवासंग गठवन्धन गरे । अहिले कांग्रेसँगको गठबन्धन किन तोडे , के स्वार्थ पुरा भएनन र ओलीको वैशाखी टेकेर त्यो स्वार्थ पुरा गर्न खोज्दैछन , त्यसको भेद थाहा पाउन भने कुनै पनि स्थिति छ ।

झण्डै साँडे दुईदशक अघि कमल थापाले सरकारमा टिकिरहन देखाएको व्यवहार अहिले दाहालले पुनरावृ गराएका छन । कहिले को संग त कहिले को संग सम्वन्ध राखेर पदमा टिकिरहन गरिएको हरकतले नेपाली राजनीति फेरि अर्काे फोहोरी खेलमा फसेको छ । यसरी सरकार परिर्वतन र नयाँ नयाँ गठबन्धन वनाउँदै जाँदा विकास योजना , कार्यक्रम र कामको निरन्तरतामा पनि गंभीर असर पर्न गएको छ । एउटा गठबन्धन भत्काएर अर्काे निर्माण गर्दा लाग्ने समय विकासको कममा लगाएको भए जनताले राहत पनि पाउथे , सरकारप्रति जनविश्वास पनि वठ्थ्यो र समयमै काम पनि हुन्थ्यो । अहिले त गठबन्धनको वैठक भन्यो , सरकारमा जान हानाथाप गर्यो मालदार मन्त्रालयका लागि मरिहत्य गर्यो समय त्यतिकै वर्वाद हुन्छ । अब गृहमन्त्री बन्न ठुलो होडवाजी चलिरहेको छ । वीसभन्दा वढी आपराधिक घटनामा जोडिएका रवि लामीछाने गृहमन्त्रीका सबभन्दा प्रबल दावेदार छन । यदि अराधीलाई नै गृहमन्त्री वनाइने हो भने देशमा अपराधतन्त्र हावी हुने निश्चित छ । नियम , कानुन र संविधानको खिल्ली उडाउँदै अपराधीशरुको सरकार वनाउने हो भने संघीय लोकतन्त्र र गणतन्त्रको भविष्य के हुन्छ ?

केही दल जसरी गठबन्धन वनेपनि त्यसमा सामेल हुने र मन्त्री बन्ने प्रवृतिको शिकार भएका छन् । त्यसमा उपेन्द्र यादवको जसपा अर्थात जनता समाजवादी पार्टी माहिर छ । राम्रो र मालदार मन्त्रालय छानेर लिने , नभए विपक्षीसंग मिल्ने धम्की दिने र जनताको काम छाडेर गलत धन्धा गर्ने कामको ठेकेदार अहिले माओवादी भएको छ । माओवादी अध्यक्ष प्रचण्डले एउटा कार्यक्रममा आफु वाचुन्जेल मुलुकमा उथलपुथल भै रहने दावी गरेका छन । तर त्यस्तो उथलपुथलको औचित्य भने उनले सिद्ध गर्ने प्रयास गरेनन् ।

मन्त्रालयको भागबण्डा , कसलाई मन्त्री वनाउने कुन मन्त्रालय दिने भन्ने सम्वन्धमा छलफल गर्दा गर्दै महिना दिन वित्नसक्छ । महिनादिनसम्म मुलुक पु्र्णतः सरकार विहिन वन्ने निश्चित छ । एकवर्ष अघि ओलीसँग गठबन्धन तोडि नयाँ गठवन्धन निर्माण गर्दा पनि त्यस्तै भएको थियो । अहिले त्यो स्थिति दोहोरिएको छ । त्यस्तो अविश्वसनीय, पदलोलुप र भ्रष्ट चरित्रको पुष्पकमल दाहाललाई दलहरु कुन स्वार्थले साथमा लिन मरिहत्य गर्छन । किन तिनलाई सत्ता राजनीतिको दुधबाट हटाउँदैनन् ? राजनीतिलाई बदनाम गर्ने, नेताप्रति घृणा फैलाउने र जनतामा वितृष्णा पैदा गराउनेमा ०५१ देखि ०६५ सम्म राप्रपा थियो भने अहिले त्यो भूमिका माओवादीलाई प्राप्त छ । माओवादीका कारण आफ्नो पनि वेइजत भइरहेको थाहा पाउँदापाउँदै ३०÷३१ सिटे माओवादीलाई बोकेर हिँड्नुपर्ने कांग्रेस एमालेलाई त्यस्तो के बाध्यता आइ लागेको छ ?
अब रवि लामिछानेले गृहमन्त्री भएर आफूले गरेका अपराधबाट पार पाउने सपना देख्न थालेका छन् । एमाले र माओवादीहरु वाममोर्चाको गफ दिन थालेका छन् । कांग्रेसले भने आफ्नो यात्राका लागि कुनै तयारी गरेको छैन । गठबन्धनको अर्थ, परिभाषा, औचित्य र स्प्रिरिटको सामान्य ज्ञानसमेत नभएकाहरु संयुक्त सरकार निर्माणको स्वार्थ पूरा गर्न गरिने हरकतलाई नै गठबन्धन भनेर भ्रम दिन सफल छन् ।

गठबन्धन सरकार ‘कम्फर्टेवल’ मोर्चा आदिको नामले बदनाम प्रचण्डलाई नेपाली राजनीतिले कहिलेसम्म बोकिरहने हो त्यो त हेर्न बाँकी छ । रुने, कराउने, खुट्टा समाउने, धम्क्याउने आदि सबै कला जान्ने प्रचण्डकै कारण चरम आर्थिक संकटबाट गुज्रिरहेको नेपाललाई थप रसातलमा धसाउन नेपालको अहित चिताउनेहरु सफल हुँदैछन् । कांग्रेस एमालेमा समयमै चेत फि¥यो भने मात्र यो अवस्थाबाट मुक्ति मिल्न सक्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *