श्रृंखलाको फाइनल आज, नेपाल र पपुवा न्युगिनी भिड्दै
काठमाडौं । हङकङमा जारी त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० श्रृंखलाको फाइनल खेल्दै आज हुदैँछ ।
मंगलबार ८५ रनले हराएको पपुवा न्युगिनी (पिएनजी) सँग आज बुधबार नेपालले फाइनल खेल्न लागेको हो । मङ्गलबार भएको लिग चरणको दोस्रो खेलमा पिएनजीले घरेलु टोली हङकङलाई १० विकेटले हराउँदै फाइनल पुगेको हो । शीर्ष स्थानमा रहेको नेपालले दुई खेलबाट तीन अङ्क बनाएको छ । दोस्रो स्थानमा रहेको पिएनजी दुई अङ्कसहित फाइनल पुगेको हो । आयोजक हङकङ एक अङ्कसहित अन्तिममा छ ।
आइतबार भएको नेपाल र हङकङको पहिलो खेल वर्षाले प्रभावित भएपछि अंक बाँडिएको थियो ।

















