मौनता श्रेष्ठको लेखनमा आउने भो ‘ए बाउ’
काठमाडौँ । मौनता श्रेष्ठको लेखनमा तयार पारिएको नेपाली कथानक सिरिएल ‘ए बाउ’ सार्वजनिक हुने भएको छ ।
जिवन गौतमको निर्देशन र मौनता श्रेष्ठको लेखन एवम् परिकल्पनामा बनेको ‘ए बाउ’ एक सामाजिक र पारिवारिक टेली सिरिएल हो । गौतमले निर्देशन गरेको उक्त सिरिएलमा विनोद श्रेष्ठ, गिता थापा, अन्जली थापा, सोनी वि.सी, नानु भण्डारी, मदन सेन्चुरी, आर.बि कटुवाल, विमला महर्जन, नविन सुनार, सत्य वि.क. लगाएतको विशेष भुमिका रहेको छ । साथै वाल कलाकारहरुमा जीवीका गौतम, अरुणा कालीराज लगाएतको भुमिका रहेको छ । नेपाली सामाजिक तथा पारिवारिक परिवेशमा बनेको ‘ए बाउ’ मा बाबु र छोरा विचको सम्बन्ध र पारिवारिक विषय बस्तुलाई उक्त सिरिएलमा उद्धण गरिएको छ । निर्देशक जिवन गौतमले काठमाडौँ न्युजलाई दिएको जानकारी अनुसार बाबु छोरा बिचको पारिवारिक कथा नै यस सिरिएलको मुख्य कथाबस्तु हो । श्याम राजा श्रेष्ठको संपादनमा रहेको ‘ए बाउ’लाई बिमला महर्जन र मदन सेन्चुरीले संयुक्त रूपमा निर्माण गरेका हुन । साथै क्यामारामा डम्मर राई रहेका छन भने सुर्य राई दनुवारको संगीत रहेको छ । उक्त सिरिएल काभ्रे जिल्ला, पाचँखाल स्थित तामाघाट भन्ने रमणिय गाउँमा छायाकन गरिएको छ ।