कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरको ३० औँ बैठक सम्पन्न,क्रियाशील प्रमाणपत्र वितरण एवं व्यवस्थापनका लागि समिति गठन गर्ने
भक्तपुर । नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरका सभापति एवं माननीय दुर्लभ थापाको सभापतित्वमा जिल्ला कार्यसमितिको ३० औँ बैठक पार्टी कार्यालय सल्लाघारीमा बसेको छ।

बैठकमा केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ, पूर्व जिल्ला सभापति गणेशमान चक्रधर, बागमती प्रदेश कार्यसमितिका सदस्य एवं पूर्व मन्त्री कृष्णलाल भँडेल, रजनी जोन्छे, महासमिति सदस्य, जि.स.स. का उपप्रमुख सुजाता बाडे तहगत कार्यसमितिका सभापति , भातृ संघ एवं शुभेच्छुक संस्थाका अध्यक्षहरुलाई आमन्त्रित गरि क्रियाशील सदस्यका सम्बन्धमा व्यापक छलफल भइ उपसभापति बिजेश अवालको संयोजकत्वमा क्रियाशील प्रमाणपत्र वितरण एवं व्यवस्थापनका लागि चार सदस्यीय समिति समेत गठन गर्ने निर्णय गरेको छ ।