जगदम्बा मोटर्सको टीभीएस मोटरसाइकलमा अफरसहितको ‘मनसुन एक्सचेन्ज’

काठमाण्डौं । नेपालको लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले ‘मनसुन एक्सचेन्ज’अभियान सार्वजनिक गरेको छ । ग्राहकहरूलाई असाधारण डिलहरू र सवारी अपग्रेड गर्ने मौका प्रदान गर्ने उदेश्यले कम्पनीले यो अभियान सार्वजनिक गरेको हो । यो अभियान जेठ २३ गतदेखि जेठ २८ गतेसम्म चल्नेछ । ‘मनसुन एक्सचेन्ज’अभियानले स्मार्ट कनेक्ट,आरटी एफआई बीएसभी आई, राइड मोडहर र जीटीटी जस्ता नवीनतम प्रविधिहरूले सुसज्जित टीभीएस मोटरसाइकल मोडलहरूमा रोमाञ्चक लाभहरू प्रदान गर्ने कम्पनीले बताएको छ ।

यी सुविधाहरूले सवारी चलाउने अनुभव, सुधारिएको प्रदर्शन र उच्च इन्धन दक्षता सुनिश्चित गर्ने कम्पनीले बताएको छ । यस सीमित अवधिको अभियानमा ग्राहकहरूले टीभएएसको बाईक तथा स्कुटरको खरिदमा क्यास डिस्काउन्टका साथै पुरानो मोटरसाइकलमा थप मूल्यांकन प्राप्त गर्नेछन् । यी प्रस्तावहरूलाई अझ पहुँचयोग्य बनाउन कम्पनीले बजारकै सबैभन्दा कम ३ हजार ९ सय ९९ रुपैयाँ प्रतिमहिनाको ईएमआई उपलब्ध गराएको बताएको छ । साथै, सो अभियान अन्तरगत ग्राहकहरूले हेल्मेट, बाइक कभर र ब्यागलगायत निःशुल्क सामग्री पनि प्राप्त गर्न सक्नेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *