लक्ष्मी सन्‌राइज बैंकले मनायो विश्व वातावरण दिवस

काठमाडौं । लक्ष्मी सन्‌राइज बैंकले ‘प्रोजेक्ट ५के’ परियोजनाका साथ विश्व वातावरण दिवस २०२४ मनाएको छ । उक्त पहलमार्फत बैंकले यो वर्षको विश्व वातावरण दिवसको ‘आवर ल्यान्ड, आवर फ्युचरः वी आर जेनेरेसन रिस्टोरेसन’ भन्ने नारालाई आत्मसात् गर्दै देशभर पाँच हजार बिरुवा रोप्ने लक्ष्य राखेको थियो । जुन १ देखि ८ सम्मको सप्ताहभर बैंकले आफ्ना विभिन्न शाखा कार्यालयमार्फत स्थानीय समुदाय तथा संस्थासँगको सहकार्यमा करिब ६ हजार बिरुवा रोपेको छ ।

यो देशव्यापी वृक्षरोपण विभिन्न विद्यालय, सामुदायिक वन, संरक्षण क्षेत्र, अस्पताल, सशस्त्र प्रहरी बल तथा नेपाली सेनाको ब्यारेक, मन्दिर र सार्वजनिक स्थानमा गरिएको थियो । प्रोजेक्ट ५के सँगै लक्ष्मी सन्‌राइज बैंकले सोही दिवसमा आफ्नो एभाककडेड इमिसन रिपोर्ट पनि सार्वजनिक गरेको थियो । यो प्रतिवेदनले नवीकरणीय ऊर्जा – विशेष गरी जलविद्युत्मा गरिएको लगानीबाट पर्न जाने वातावरणीय प्रभावको विस्तृत परिमाणीकरण गर्छ । यो क्षेत्रमा गरिएको लगानीमार्फत बैंकले कुल २५ हजार १३४.१८ कार्बन उत्सर्जन हुनबाट जोगाएको बताइएको छ । यो प्रतिवेदन बैंकको कार्बन एकाउन्टिङ फाइनान्सियल रिपोर्टकै निरन्तरता पनि हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *