सन्दीप एकहप्ता अगाडी नै क्यानडा पुगेको अध्यक्ष चन्दको खुलासा

काठमान्डौँ । क्रिकेटर सन्दीप लामिछानेको वेस्ट इन्डिज जान एक हप्ताअगाडि नै क्यानडा प्रस्थान गएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताएका छन् । एक अन्र्तवातामा उनले सन्दिप एक हप्ता अगाडीनै क्यानडा गएको बताएका हुन् ।

सन्दिप जाने विषयलाई भने क्यानले गोप्य राखे संगै सन्दिपले पनि क्यानलाई साथ दिएर यता नेपालका विभिन्न मन्दिर दर्शन गरेको पोष्ट सामाजीक सञ्जालमा राख्दै आएका थिए । सन्दिपलाई पठाउन क्यानले भित्र भित्रै तयारी गरिरहदाँ केहि पहल नगरेको भन्दै आम क्रिकेट प्रेमीको गाली खाएको थियो । त्यस माथी अध्यक्ष चतुर श्रीमती सहित अमेरिका खेल हेर्न पुगेपछि त झन क्रिकेट प्रेमीले निकै आलोचना गरेका थिए। सन्दीपलाई वेस्ट इन्डिज पुर्याउन क्यानका सचिव पारस खड्का र म्यानेजर विनोद दासलाई आफूले सबै जिम्मा दिएको उनको भनाई छ । सन्दिपलाई वेष्टइन्डिज पुर्याउन आफुहरुले कुनै कसर नराखेको उनले उक्त अन्र्तवातामा बताएका छन् । ‘अफिसियल्ली हिजो मात्रै वेस्ट इन्डिज पुगेको हो । तर, एक हप्ता अगाडि नै उ नेपालबाट हिँडेको कसैलाई थाहा थिएन । टोरन्टोबाट वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टका लागि रेगुलर फ्लाइट हप्तामा एक दिन मात्रै हुँदो रहेछ । क्यानले चार्टर फ्लाइट गर्न सक्ने अवस्था थिएन । त्यसैले उसलाई एक हप्ता अगाडि नै बोलाएर राखियो ।’ उनले अन्तर्वामा भनेका छन् ।

नेपालबाट सबैलाई थाहा दिएर फूलमाला खादा लगाएर हिँड्दा विभिन्न बाधा अड्चन आउन सक्ने भएकाले सबै काम गोप्य रुपमा गरिएको चन्दको भनाइ छ । पटक–पटकको प्रसायसपछि पनि अमेरिकाले भिसा नदिएपछि क्रिकेटर सन्दीप लामिछाने विश्वकप खेल्न जान पाएका थिएनन् । अमेरिका र वेस्ट इन्डिज आयोजक रहेको टी–२० विश्वकप जेठ २० गतेदेखि सुरु भएको थियो । नेपालले विश्वकपको समूह चरणमा चारवटा म्याच खेल्दै छ । जसमा दुईवटा अमेरिका र बाँकी दुईवटा वेस्ट इन्डिजमा खेलिनेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *