नदी तथा खोलामा बढ्नेछ बहाब, तटीय क्षेत्रमा सतर्क रहन आग्रह

काठमाडौं । देशका केही नदी तथा खोलामा आज जलसतह बढ्ने भएको छ । कोसीसहित मधेस, वाग्मती र गण्डकी प्रदेशका एक–दुई स्थानमा वर्षाको सम्भावना रहेका कारण नदी तथा खोलामा बाढीको सम्भावना रहेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो तीन घण्टामा लमजुङ, गोरखा, सुनसरी, मोरङ, झापा र आसपासको क्षेत्रमा मध्यम वर्षा भइरहेको छ । थप वर्षा हुन सक्ने भएकोले सो क्षेत्र भई बहने स–साना खोलाहरूमा बहाब बढ्न सक्ने, तटीय क्षेत्र र डुबान हुने सम्भावना छ । यी क्षेत्रका नदी तटीय भू–भागमा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *