सिटिजन्स बैंकको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ लाख ५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न सक्ने यो सेयर इच्छुकले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाडौं नारायणहिटी पथमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनु सक्नेछन् ।

सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । तोकिएको समयभित्र सेयर खरिदका लागि आवेदन नपरेमा उक्त सेयर अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गरिने बैंकले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *