स्विजरल्याण्डको लक्जरी ब्राण्ड बालीमा ४० प्रतिशत सम्म छुट
काठमाण्डौं । स्विजरल्याण्डको लक्जरी ब्राण्ड बालीमा ४० प्रतिशत सम्म छुटको घोषणा गरिएको छ । १८५१ मा स्विजरल्याण्डमा जन्मिएको लक्जरी ब्राण्ड बालीको दबारमार्गस्थित सोरुम वाच ग्यालरीमा यस्तो छुटको घोषणा गरिएको हो । लक्जरी सुज, ब्याग, बेल्ट, वालेट लगायतका उत्पादनहरुमा विश्वप्रख्यात ब्राण्ड बालीलाई नेपाली बजारमा वाच ग्यालरीले विक्री वितरण गर्दै आएको छ । सर एडमण्ड हिलारी सँगै तेन्जिङ नोर्गेले पहिलो पटक समगरमाथाको आरोहण गर्दा लगाएका रेनडियर बुटहरु हुन् वा स्विस ओलम्पिक टोलीले लगाउने प्राविधिक रुपमा सम्मुन्न कर्लिङ सुजहरु हुन् । बालीले सदैब गुणात्मक उत्पादनलाई प्राथमिकता दिंदै आएको सर्बविदित्तै छ । १७२ बर्ष भन्दा लामो आफ्नो लेगेसीलाई कायम राख्दै आजको अत्याधुनिक प्रविधी र आधुनिकता सँग हातेमालो गर्न सिपालु बाली विश्वभरका सेलिब्रेटी, ब्यावसायि तथा संभ्रान्तहरुको पहिलो रोजाई बन्दै आएको छ ।
होटल उडल्याण्डसँगै दरबारमार्गमा रहेको वाच ग्यालरीले नेपाली बजारमा लामो समयदेखी बालीको आयात तथा विक्री वितरण गर्दै आएको छ । हालै बालीको नयाँ कलेक्सन भित्र्याएको वाच ग्यालरीले कम्पनी सँगको सहकार्यमा नेपाली उपभोक्ताका लागि विशेष छुटको मौका ल्याएको हो । नेपालको खस्किएको आर्थिक अवस्थाका कारण धेरै सम्भावित उपभोक्तालाई हामीले सेवा प्रदान गर्ने मौका प्राप्त गरेका थिएनौं । वाच ग्यालरीका प्रबन्ध निर्देशक पंकज झुनझुनवाला भन्छन्, त्यसैले बालीको गुणस्तरीयताको अनुभव नेपाली उपभोक्ताले गर्न सकुन् भन्ने उदेश्यले हामीले कम्पनी सँगको सहकार्यमा यस्तो छुटको अवसर ल्याएका हौं । सामान्यतया लक्जरी ब्राण्डहरुले यस्तो सेल वा छुट दिंदैदन्, हामीले नेपाली उपभोक्तालाई थप अफोर्डेबल बनाउन यस्तो प्रयास गरेका हौं । कम्पनीले नेपाली उपभोक्तालाई प्राप्त यो अवसरको सदुपयोग गर्न आग्रह समेत गरेको छ ।