चन्द्रागिरि साकोसको आगामी बर्षको बार्षिक योजना

काठमाण्डौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले आ.व. २०८१।०८२ को वार्षिक कार्ययोजना तथा बजेट तर्जुमा कार्यशाला सम्पन्न गरेको छ । उक्त कार्यक्रममा सहकारी विभागका उपरजिष्ट्रार टेकराज अर्यालले वर्तमान अवस्थामा सहकारी क्षेत्रमा देखिएका समस्याहरु र त्यसका समाधानका उपायहरुका साथै सहकारी विभागले जारी गरेका विभिन्न निर्देशनहरुको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । उक्त कार्यपत्र माथि चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले टिप्पणी गरेका थिए । उपरजिष्ट्रार अर्यालले १२ प्रतिशत सहकारी संस्थाहरुमा समस्या आउँदा सम्पूर्ण सहकारीहरु बदनाम हुन परेको हुँदा ऐन नियमावली र विभागले जारी गरेका निर्देशनहरु पालना गरेर सहकारी संस्थाहरु सञ्चालित हुनु पर्ने बताए । उक्त कार्यपत्र र टिप्पणीबाट आगामी आ.व. २०८१।०८२ को चन्द्रागिरि साकोसको कार्ययोजना तथा बजेटको लागि मार्गनिर्देशन समेत प्राप्त भएको थियो । कार्यक्रममा चन्द्रागिरि नगरपालिका प्रमुख गिरीले सहकारीले उत्पादक कृषकहरुलाई उपभोक्ता संग सिधै जोड्ने कार्य सहकारी संस्थाहरुले गनुपर्ने दिए । व्यवसायीक सत्रमा चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाको आ.व. २०८१।०८२ को प्रस्तावित कार्ययोजना अनुमातित बजेटको खाका छलफलका लागि प्रस्तुत गरिएको थियो ।

प्रस्तावित बजेट अनुसार आ.व. २०८१।०८२ मा संस्थाको कुल कारोबार ३ अर्व ९० करोड पुर्याउने लक्ष्य राखिएको छ भने जम्मा २२ हजार ५०० जना व्यक्तिहरुलाई सेवा पुर्याउने लक्ष्य लिइएको छ । कार्यक्रम तथा बजेटको मस्यौदाको क्रममा संस्थाका सदस्य, सञ्चालक, सल्लाहकार, अन्य उपसमितिहरु र सरोकारवालाहरु विच आगामी वर्षको लागि तर्जुमा गरिने कार्यक्रम तथा बजेटका विषयमा सर्वेक्षण मार्फत जानकारीहरु संकलन समेत गरिएको थियो कार्यक्रम तथा बजेट कार्यशालाका सहभागीहरु विच पर्याप्त छलफल गरी प्रस्तावित कार्यक्रम तथा बजेटको मस्यौदालाई अन्तिम रुप दिनको लागि प्यानल छलफल मोडेलमा कार्यक्रम सञ्चालन गरिएको थियो । “वातावरण विश्लेषण” र “कार्यसम्पादन सूचकांक, कार्यक्रम तथा बजेट” गरी दुई छुट्टा विषयमा प्यानल छलफल गरिएको व्यवसायिक सत्रको “वातावरण विश्लेषण” विषयक छलफलमा संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक भानुप्रकाश ढकालले अध्यक्षता गरेका थिए भने प्यानलिस्टको भुमिकामा संस्थाका अध्यक्ष योगेन्द्रकुमार कुँवर रहेका थिए । टिप्पणीकर्ताको रुपमा संस्थाका सल्लाहकार डा। रामजी न्योपाने थिए । त्यस्तै “कार्यसम्पादन सूचकांक, कार्यक्रम तथा बजेट” विषयक छलफलको अध्यक्षता संस्थाका उपध्यक्ष हरिहर सिग्देलले गरेका थिए भने प्यानलिस्टको भुमिकामा संस्थाका सहसचिव शरद कुँवर र टिप्पणीकर्ताको रुपमा प्रा.डा. आनन्द कुमार शर्मा र प्रा.डा. रामशरण पाठक रहेका थिए । कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष शिवशंकर मानन्धर, सल्लाहकार विष्णु गोपाल खत्री, लेखा सुपरिवेक्षण समितिका सदस्य ईन्द्रबहादुर महर्जन, सञ्चालक सदस्य सुबास श्रेष्ठ, उपसमिति सदस्यहरु त्रिपुरा लक्ष्मी जोशी, रेखा तुलाचन, रिजु मानन्धर लगायतले लिखित तथा मौखिक रुपमा धारण, सल्लाह तथा सुझावहरु दिएका थिए । कार्यक्रममा संस्थाको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार परिषद, विभन्न उपसमिति र कर्मचारीहरु सहित ६३ जनाको उपस्थिति रहेको थियो । कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठ आ.व. २०८०।०८१ को संस्थाको प्रगतिहरुको समिक्षा र आगामी आवका कार्यक्रम तथा बजेटको मस्यौदा प्रस्तुत गरेका थए

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *