दुर्घटनाग्रस्त विमानका पाइलट शाक्य डिस्चार्ज हुँदै

काठमाडौं । गत साउन ९ गते बिहान पोखराका लागि उडेको सौर्य एअरलाइन्सको दुर्घटनाग्रस्त विमानमा बाच्न सफल पाइलट मनिषरत्न शाक्य अस्पतालबाट डिस्चार्ज हुने भएका छन्।

उनको उपचार भइरहेको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) शिक्षण अस्पतालकी निर्देशक प्राडा मिना थापाका अनुुसार उनको स्वास्थ्यमा सुधार भएको र खासै ठूलो जटिलताहरू नभएपछि घरमा नै बसेर थेरापी लगाएतका सेवाहरु लिन सक्ने भएपछि अस्पतालबाट डिस्चार्ज गर्न लागिएको बताइन्।

‘खासै ठूलो जटिलता छैन जसले गर्दा अस्पतालमा नै राखेर उपचार गर्नु पर्ने अवस्था छैन। त्यसैले हामीले अस्पतालबाट डिस्चार्ज गर्ने निर्णय गरेका हौँ, तर उहाँले घरमा नै गएर हाडजोर्नी विशेषज्ञहरूको निगरानीमा थेरापी लगायतका सेवाहरु भने लिनु पर्छ। यस्तै नाक र आँखामा पनि चोटहरू रहेकाले यी समस्या सम्बन्धी चिकित्सहरुको निगरानीमा पनि बस्नुपर्छ तर अरु कुनै जटिलताहरू भने छैन,’ प्राडा थापाले भनिन्।

उडेको सौर्य एअरलाइन्सको विमान गत साउन ९ गते उडेको २० सेकेन्डमै त्रिभुवन विमानस्थल भित्रै दुर्घटनाग्रस्त हुँदा १८ जनाको मृत्यु भएको थियो।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *