हिमालयन बैंकको नाफा ८१.६० प्रतिशतले बढ्यो

काठमाडौं । हिमालयन बैंकले गत आर्थिक वर्ष २०८०।८१ मा खुद नाफा ८१.६० प्रतिशतले बढाएको छ । बैंकले गत आर्थिक वर्षमा २ अर्ब ८३ करोड रुपैयाँ खुद नाफा गरेर सो नाफा वृद्धि गरेको हो । अघिल्लो आवको सोही अवधिमा बैंकले १ अर्ब ५६ करोड रुपैयाँ खुद नाफा गरेको थियो । बैंकको खुद ब्याज आम्दानी ११ अर्ब ६१ करोड रुपैयाँ गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ९ अर्ब ९२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकले गत आर्थिक वर्षमा २ खर्ब ९३ अर्ब ८९ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३२ अर्ब ७१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत असारसम्म बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड रुपैयाँ र जगेडा कोष २२ अर्ब ४३ करोड रुपैया सञ्चित छ । यस्तै बैंकको वितरणयोग्य नाफा ऋणात्मक रहेको छ । बैंकको प्रतिसेयर आम्दानी १३.१० रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १७६.९० रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा भने ४.९१ प्रतिशत कायम भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *