काठमाडौं महानगरपालिकाको नजिकको सडक भासियो
काठमाडौं । काठमाडौं महानगरपालिकाको नजिकको सडक भ्वाङ परेको छ।
काठमाडौं महानगरपालिका कार्यालय अगाडि टुकुचा खोलामाथिको सडक गए राति नै भासिएको स्थानीयले जनाएका छन् । महानगर कार्यालयको अगाडि रहेको तीनधारा मार्गमा सडक भासिएको हो । सवारी आवतजावत नै नहुने गरी सडक भासिएको छ । प्रहरीका अनुसार भासिँदा हिजो रातिदेखि नै उक्त बाटो बन्द भएको छ । दरबारमार्गबाट कमलपोखरी जाने सवारीलाई नारायणहिटीको मुख्य ढोका हुँदै डाइभर्सन गरिएको छ ।
भ्वाङ परेपछि रातिदेखि नै यहाँ सवारी आवागमन प्रभावित भएको छ । ट्राफिकले अहिले यो सडक खण्ड बन्द गरेको छ। दरबारमार्गबाट काठमाडौं प्लाजतर्फ जान मिल्ने गरी यो बाटो एकतर्फी छ।