मधेसका मुख्यमन्त्री सिंहलाई पार्टीले सोध्यो स्पष्टीकरण

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले मधेस प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहलाई स्पष्टीकरण सोधेका छन् ।

पार्टीको निर्देशन विपरीत काम गर्न थालेको भन्दै पार्टीले मुख्यमन्त्री सिंहलाई स्पष्टीकरण सोधेको प्रवक्ता शरद सिंह यादवले जानकारी दिए । जनमत पार्टीले पार्टीको निर्देशन विपरीत र मनोमानी ढंगले काम गर्न थालेपछि मुख्यमन्त्री सिंहलाई स्पष्टीकरण सोधेको हो ।

मधेश प्रदेशमा जनमत पार्टीको नेतृत्वको सरकार छ । सरकारको नेतृत्व मुख्यमन्त्री सिंहले गरिरहेका छन् । तर, उनले पार्टीसँग समन्वय नगरी काम गर्न थालेपछि स्पष्टीकरण सोधिएको जनमतका नेताले जानकारी दिए ।

मुख्यमन्त्री सिंह जनताको काम भन्दा औपचारिक कार्यक्रमहरूको उद्घाटनतर्फ बढी लागेको समेत जनमत पार्टीले स्पष्टीकरण पत्रमार्फत आरोप लगाएको छ । 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *