माओवादी स्थायी कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक केन्द्रीय कार्यालय पेरिस डाँडामा तेस्रो दिनको सुरु भएको छ । शनिबार बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान परिस्थितिमा पार्टी निर्माण र भावी रणनीतिबारे मौखिक प्रस्ताव राखेका थिए । साथै प्राप्त उपलब्धिको रक्षाका लागि बृहत् वामपन्थीबिच ध्रुवीकरण गरी सदन र सडक सङ्घर्ष गर्नुपर्ने बताएका थिए ।

प्रचण्डको प्रस्तावमाथि नेताहरूले विचारको संश्लेषणसहित नेतृत्वको कार्यकाल तोकिनुपर्ने धारणा राखेका थिए । साथै पार्टी निर्माणका लागि जनतामा जानुपर्नेमा जोड दिएका थिए । शनिबार वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्निप्रसाद सापकोटा, उपमहासचिवद्वय जनार्दन शर्मा, वर्षमान पुनले धारणा राखेका थिए । त्यस्तै सचिवहरू गणेश साह, सुरेन्द्र कार्की, देवेन्द्र पौडेल, चक्रपाणि खनाल, स्थायी समिति सदस्यहरू कुलप्रसाद केसी, परशुराम तामाङ, गणेशमान पुन, अमृता थापाले पार्टीको कार्यदिशा र रणनीतिबारे धारणा राखेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *