उपप्रधानमन्त्रीद्वारा महाकालीमा झोलुङ्गे पुल निर्माणमा सहमति लिन भारतसंग आग्रह

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिस्री र उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह बिच भेटवार्ता भएको छ । मन्त्री सिंहले भेटवार्ताका क्रममा महाकाली नदिमा झोलुङ्गे पुल निर्माणका लागि सहमति लिने प्रक्रिया सहज बनाउन भारतसंग आग्रह गरेका छन् ।

आज (सोमबार) सिंहदरबारमा भारतीय विदेश सचिव विक्रम मिस्री नेतृत्वको टोलीले गरेको भेटका क्रममा मन्त्री सिंहले महाकाली नदिमा पुल नहुदा बर्षेनी नेपालीहरुले ज्यान गुमाउनुपरेकाले तुइन विस्थापीत गरि झोलुङ्गे पुन निर्माणका लागि सहमति लिने प्रक्रिया सहज बनाउन आग्रह गरेका हुन् । जवाफमा भारतीय सचिवले आफुले झोलुङ्गे पुन निर्माणका लागि सहमति दिनका लागि सकारात्मक रहेको बताएको सहरी विकास मन्त्रालय स्रोतले जनाएको छ ।

भेटवार्ताका क्रममा आगामी दिनमा दुई देशबीचको सहकार्यलाई मजबुद बनाउने बिषयमा समेत छलफल भएको र सिंहले भारतीय सचिवलाई सफल कार्यकालको शुभकामना समेत दिएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *