अर्थमन्त्री पौडेल र भारतीय विदेश सचिव मिस्रीबीच भेटवार्ता
काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच शिष्टाचार भेटवार्ता भएको छ ।
आज सोमबार अर्थ मन्त्रालयमा भएको भेटका अवसरमा उनीहरूबीच आर्थिक तथा विकास सहायता,चालू आयोजनाहरुको तीव्रता, दुई देशबीचको आपसी सम्बन्धलगायतका विषयमा छलफल भएको थियो ।
भारतीय विदेश सचिव मिश्री आइतबार नेपालको दुईदिने भ्रमणका क्रममा काठमाडौं आइपुगेका हुन् । आइतबार मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाललगायतलाई भेटेका थिए ।