स्पष्टीकरण दिँदै मुकुलले उठाए रविमाथि गम्भीर तीन प्रश्न

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री मुकुल ढकालले सभापति रवि लामिछानेलाई सहकारी ठगी मुद्दामा पार्टीबाट स्वतन्त्र छानबिन समिति किन गठन नहुने ? भनेर प्रश्न गरेका छन् । 

आज पार्टीले सोधेको २४ घण्टे स्पष्टीकरणको जवाफ दिँदै मुकुलले सभापति लामिछानेमाथि नै प्रश्न  उठाएका छन् । उनले तिन प्रश्नहरू : पहिलो – सहकारी प्रकरणमा सर्वोच्चको फैसला, दोस्रो– दुई वटा राहदानी प्रकरण र तेस्रो– गृहमन्त्री रहँदा सरुवा बढुवामा चलखेल गरेको भन्दै गम्भीर प्रश्न उठाएका हुन् ।

‘असार २०, २०८१ गते न्यायाधीशहरू सपना प्रधान मल्ल र शारङ्गा सुवेदीको सर्वोच्च अदालतको संयुक्त इजलासले तपाईँमाथि सहकारी ठगीसम्बन्धी छानबिन हुनुपर्ने फैसला गरिसकेको छ । सहकारी ठगी मुद्दामा तपाईँ माथि पार्टीबाट स्वतन्त्र छानबिन समिति किन गठन नहुने ? ’, उनले प्रश्न गर्दै भनेका छन्, ‘सर्वोच्च अदालतको फैसलालाई तपाईँ मान्ने कि नमान्ने रु फैसला अनुसार पार्टीभित्र पनि अनुसन्धान गर्न दिने कि नदिने रु देशमा सुशासन ल्याउनका लागि खोलिएको पार्टीको सभापतिले आफू माथि लागेका आरोपको अनुसन्धान गर्न दिने हिम्मत राख्नुपर्छ । छानबिनका लागी तयार हुने आँट छ ? रवि लामिछाने ज्यू ?’

उनले रविलाई दुई वटा राहदानी प्रयोग गरेको विषयमा पनि प्रश्न गरेका छन् । उनले प्रश्न गर्दै भनेका छन्, ‘ती पासपोर्टका सबै पाना सार्वजनिक गर्ने आँट छ ?’

‘मैले आजसम्म तपाईँलाई होस् वा अन्य कुनै पनि नेतालाई झुटो आरोप लगाएको छैन, ती सबै सत्यमा आधारित छन् । तपाईँले ममाथि स्पष्टीकरण सोध्नु अघि आफू नैतिक धरातलमा खडा भएको पुष्टि गर्न सक्नुपर्छ । नैतिक रूपले पतित हुनु भएको छैन भने तपसिलका प्रश्नहरूको जवाफ दिन अनुरोध गर्दछु,’ उनले भनेका छन् । 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *