प्राइम कमर्सियल बैंक र सांग्रिला डेभलपमेन्ट बैंकको अन्तरबैंक ‘कार्डलेस’ सेवा
काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले प्राइम कमर्सियल बैंक र सांग्रिला डेभलपमेन्ट बैंकसँगको सहकार्यमा अन्तरबैंक कार्डलेस विड्रअल सेवा सुरु गरेको छ । बैंकहरूका ग्राहकहरूले सञ्जालमा रहेका एटीएम मेसिन प्रयोग गरेर बिना कार्ड मोबाइल बैंकिङ वा कनेक्ट आइपीएसको माध्यमबाट नगद निकाल्न सकिने व्यवस्था थप गरिएको छ ।
अब दुवै बैंकका ग्राहकहरूले यस सेवाको सुरूवात पश्चात् एउटा बैंकको खाताबाट अर्को बैंकको एटीएम मेसिन प्रयोग गरी समेत बिना कार्ड नगद झिक्न सक्ने भएको छ । हालका लागि ग्राहकहरूले एनसीएचएलले सञ्चालन गर्दै आएको रिटेल प्ल्याट्फर्मअन्तर्गत कनेक्टआइपीएसमा रजिष्टर गरी आफ्नो लिंक गरिएको प्राइम कमर्सियल बैंक वा सांग्रिला डेभलपमेन्ट बैंकको खाताबाट सो सुविधा प्रयोग गर्न सक्नेछन् ।