सञ्चारमन्त्री गुरुङको प्रमुख आतिथ्यतामा लालीगुंरास सम्मान कार्यक्रम २०८१ सम्पन्न
काठमाडौं । लालीगुरास कृयशन मिडिया नेपाल, तेजस्वी कला केन्द्र एण्ड मिडिया तथा ओजस्वी मल्टिमिडिया ग्रुपको संयुक्त आयोजनामा सञ्चार सुचना तथा प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यतामा एक भव्य समारोहका बीच लालीगुंरास सम्मान कार्यक्रम २०८१ सम्पन्न भएको छ ।
अग्रजलाई सम्मान अनुजलाई प्रोत्साहन भन्ने नारा रहेको उक्त कार्यक्रममा नेपाली चलचित्र, सँगीत, खेलकुद, पत्रकारीता, ब्युटीसियन, समाजसेवी तथा विभिन्न क्षेत्रमा कार्यरत व्यक्तीहरुको उच्च कार्यको सम्मान स्वरुप सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रमा आफ्नो महत्वपूर्ण भूमिका पुर्याएका अग्रज व्यक्तित्वहरुसंगै भर्खरै ति क्षेत्रमा प्रवेश गरेर सो क्षेत्रमा राम्रो नाम कमाएका व्यक्तीत्वहरुलाई पनि सम्मान गरिएको थियो । सबै क्षेत्रमा कार्यरत व्यक्तित्वहरुको उपस्थिती रहेको उक्त कार्यक्रम किर्तिमानी धावक तथा एथ्लेटस वैकुण्ठ मानन्धर, नेपालको पहिलो नेपाली रंगीन चलचित्रकी नायिका चैत्य देवी सिंह, चलचित्र क्षेत्रकै अग्रज नायक मध्यका विश्व बस्नेत, गायक कुमार बस्नेत, नेपालको पहिलो ड्रमर देव राणालाई विशिष्ट सम्मान प्रदान गरिएको थियो । त्यस्तै वरिष्ठ अभिनेता तथा निर्देशक कमल कान्त मैनाली, वरिष्ठ संगीतकार लक्ष्मण शेष, गायक रोज मोक्तान, गायक तथा अभिनेता यस कुमार, वरिष्ठ मेकअप आर्टिष्ट सन्तु तमाङ, अशोक रोक्का, अग्रज पत्रकारव्दय बिजयरत्न तुलाधर, सानुकाजी श्रैष्ठलाई विशेष सम्मान प्रदान गरिएको थियो । त्यस्तै वरिष्ठ चलचित्रकर्मी निर्देशक राजु केसि, मोडेल सम्झना बुढाथोकी, हास्य कलाकार गायक राजन चौलागार्इ ‘खैराते’, कलाकार प्रताप हुमागाई, युवा पत्रकार कुबेर गिरी, संगीतकार राजन राज शिवाकोटी, युवा गायिका अस्मिता अधिकारी, गायिका पूर्णकला बिसि, नव मोडेल आयुश्मा कार्की, गायक आयुस परियार, संगीतकार मदन परियार सुफ्फिक्स, सेक्साफोनिष्ट शिवराज गौतम, तेक्वाण्डो नन्दा बस्याल, भलिबल खेलाडी तथा कोच दिपक थापा, कराते खेलाडी ज्ञानेन्द्र कुमार श्रेष्ठ, सिनियर कस्माटोलोजिष्ट मन्दिरा खड्का हायु, युवा व्यवसायी तथा समाज सेवी सन्दिप् महत लगायत सम्मान प्रदान गरिएको थियो ।
लालीगुंरास क्रियसन मिडिया नेपालका अध्यक्ष ईन्द्र बिसुन्के ‘बिन्दास’को सभापतित्वमा भएको कार्यक्रममा, तेजस्वी कला केन्द्र एण्ड मिडियाको अध्यक्ष तथा कार्यक्रम निर्देशक सुमन कुमार श्रेष्ठले स्वागत मन्तब्य सहित सम्पूर्णमा स्वागत र धन्यवाद ज्ञापन गरेका थिए भने प्रमुख अतिथि माननीय सञ्चार मन्त्रीले कार्यक्रम एकदमै स्तरिय लागेको र राष्ट्रले गर्नु पर्ने काम यो संस्थाले गरेको र आफुले क्याम्पस पढदाको समयमा चलचित्र हेर्दाको समयका नायक नायिका र गायकलाई सम्मान गर्न पाउदा एकदमै खुसी लागेको र यो कार्यक्रम सधैं स्मरणीय रहने भन्दै आयोजक टिमलाई बधाई तथा शुभकामना पनि दिनु भएको थियो । कार्यक्रम उद्घोषण ओजस्वी मल्टिमिडियाका अध्यक्ष तथा कार्यक्रम संयोजक अनिल सुनामले गरेका थिए ।
कार्यक्रममा चलचित्र क्षेत्रका निकै विशिष्ट व्यक्तित्व लगायत संगीत, खेलकुद लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा एभरीटाइम, सल्भ एण्ड केयर, अनमोल फ्यासिलिटी क्लिनर्स, प्रोफेस्नल अटोमोबाईल, सुट्मालाको प्रायोजन र केआईसी, औधोगिक शान्ती नेपाल संस्था, एरिका स्टुडियो, फोटो फेशन स्टुडियो, लालीगुंरास लाईभ दोहोरी इन्टरटेन्टमेन्ट सहयोगी सस्था रहेका थिए ।
