महाहर्षित सहकारीको साधारण सभा सम्पन्न,आफ्नै भवनबाट सेवा प्रवाह
काठमाडौं । महाहर्षित बचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधारणसभा सम्पन्न भएको छ । कागेश्वरी मनोहरा ९मा रहेको महाकाली साकोस र काठमाडौं महानगरपालिका ३२ पेप्सीकोलामा रहेको हर्षित साकोस एकीकरण भएपछिको पहिलो सभा सम्पन्न भएको हो । दुई सहकारी मर्ज भएर २०८० पुस १३ गते एकीकृत कारोबार सुरु भएको थियो । साधारण सभामा दिइएको जानकारी अनुसार सहकारीको कुल सम्पत्ति आव २०८०।०८१ को असार मसान्तसम्म १८ करोड ४१ लाख ५८ हजार रुपैयाँ रहेको छ । सेयर पुँजी ५ करोड ५८ लाख ७३ हजार, जगेडा कोमा १ करोड ३९ लाख ८ हजार, सेयर लगानी ४ लाख ८९ हजार, ऋण लगानी १४ करोड २१ लाख ४३ हजार रुपैयाँ रहेको छ । सहकारीको ब्याज आम्दानी २ करोड ११ लाख ६५ हजार रहेको छ । यस्तै सहकारीको कुल बचत १३ करोड ७० लाख ३६ हजार, कुल नाफा ५८ लाख ५७ हजार ५४ रुपैयाँ रहेको छ । संस्थाले अघिल्लो आर्थिक वर्षमा १९ लाख ९७ हजार १७७ रुपैयाँ प्रशासनिक तथा कार्यालय सञ्चालनका लागि खर्च गरेको थियो । गत आवमा संस्थाले खर्च घटाएर १५ लाख ४ हजार ८०९ रुपैयाँमा सीमित गरेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म संस्थाले नेफ्स्कुन, जिल्ला सहकारी संघ, सहकारी बैंक लगायत संघ संस्थामा ४ लाख ९४ हजार १०० रुपैयाँ लगानी गरेको छ । जुन अघिल्लो आवको सोही अवधिमा ४ लाख ८९ हजार १०० रुपैयाँ रहेको थियो । सहकारीले १४ करोड २१ लाख ४३ हजार ८२७ रुपैयाँ कर्जा सापटी तथा लगानी गरेको छ । सहकारीले २ करोड ११ लाख ६५ हजार रुपैयाँ ब्याज आम्दानी गरेको छ भने सञ्चालन आम्दानी १९ लाख १६ हजार ९१९ रुपैयाँ रहेको छ ।
साधारणसभामा महाहर्षित सहकारीका अध्यक्ष बालकुमार बास्तोलाले संयुक्त रुपमा कारोबार थालेपछि गुणात्मक रुपमा सफलता पाउन सकेको बताए । पछिल्लो समय सहकारीमाथि विभिन्न खालका आरोप र ठगीका घटनाहरु सार्वजनिक भइरहँदा दुई सहकारी एकीकृत भइ बनेको महाहर्षित बचत तथा ऋण सहकारी संस्थाले आफ्नो कारोबारमा सफलता पाउन सकेको बास्तोलाको भनाइ छ । ‘महाकाली र हर्षितबीच एकीकृत कारोबार थालेपछि संस्थाले गुणात्मक रुपमा सफलता पाउन सकेको छ । ‘सहकारीहरुका विषयमा पछिल्लो समय विभिन्न नकारात्मक चर्चा परिचर्चा चलिरहँदा महाहर्षितले गुणात्म रुपमा सफलता पाउन सकेको हो । पेप्सीकोलामा रहेको महाहर्षित सहकारीले आफ्नै भवनबाट सेवा प्रवाह गर्दै आएको छ ।