एससीटीले ल्यायो तिर्की दाउँ, ७७७ सम्म क्यासब्याक
काठमाडौँ। नेपालीहरुको महानपर्व हरितालिकातीज, बडा दशैं तथा शुभ दीपावलीलाई लक्षित गरेर स्मार्टच्वाइस टेक्नोलोजीज लिमिटेडले तिर्की दाउ ःट्रायल अफर” सार्वजनिक गरेको छ । यस,अफर अन्तर्गत एससीटी –यूपिआई डेबिट कार्ड प्रयोगकर्ताले कुनै पनि खरिदमा पोस मार्फत विद्युतीय कारोबार गर्दा ७ सय ७७ सम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् । हालसम्म एससीटी –यूपिआई डेबिट कार्ड नलिएका ग्राहकले कार्ड जारी गर्न एससीटीसंग आवद्ध बैंक तथा वित्तिय संस्थाहरुमा गएर प्राप्त गर्न सक्नेछन् ।
ग्राहकले यस अवधिमा ६ महिनादेखि प्रयोगमा नल्याएको एससीटी –यूपिआई डेबिट कार्ड प्रयोग गरेमा १ सय ११ को क्यासब्याक कर सबै प्रयोगकर्ताले तीन वा सो भन्दा धेरैपटक कारोबार गर्दा ३ सय ३३ क्यासब्याक प्राप्त गर्न सक्नेछन् । साथै,सात वा सोभन्दा धेरै कारोबार गर्दा ७ सय ७७ क्यासब्याक पाउन सक्नेछन् । हरेक कारोबारको रकम ५ सय वा सोभन्दा धेरै हुनपर्नेछ र एउटै टर्मिनलबाट दिनको एकपटकको कारोबार मात्र अफरका लागि मान्य हुनेछ ।