प्रहरीले शक्ति केन्द्र वा व्यक्तिसँग भेट गर्नुपरे प्रयोजन खुलाएर पूर्वस्वीकृति लिनुपर्ने

काठमाण्डौं । नेपाल प्रहरीले आफ्ना कर्मचारीहरूले अमुक शक्ति केन्द्र वा व्यक्तिसँग भेट गर्नुपरे प्रयोजन खुलाएर पूर्वस्वीकृति लिनुपर्ने भएको छ। आइतबार प्रहरी प्रधान कार्यालयले सबै प्रहरी मातहत कार्यालयमा परिपत्र गर्दै भेटघाट गर्नुपरे पूर्वस्वीकृति लिएर गर्नुपर्ने बताएको हो। भेट गर्न प्रयोजन खुलाएर तालुक कार्यालयमा जाहेर गर्नुपर्ने र त्यसबाहेक व्यक्तिगत स्वार्थपूर्तिका लागि गरिने अशोभनीय भेटघाट, सांगठिन कामकारबाहीमा बाह्य प्रभाव पार्ने लगायतका गैरव्यावासायिक काम गरे कारबाही गर्ने चेतावनी दिएको हो।

‘सांगठनिक कामकारबाहीमा बाह्य प्रभाव पार्नेलगायतका गैरव्यावसायिक अनुशासनहीन एवं आत्मकेन्द्रित क्रियाकलापमा संलग्न रहे,भएको पाइएमा त्यसलाई नै प्रमाणका रूपमा लिई अभिलेखमा जनिने गरी प्रहरी नियमावलीबमोजिम हदैसम्मको सजाय हुने, परिपत्रमा उल्लेख गरिएको छ। सांगठनिक गोपनीयता भंग गर्ने, नागरिक प्रहरीबीचको अनुशासनात्मक एवं व्यावसायिक विश्वासको प्रतिकूल एवं पदीय दायित्वअनुसारको जिम्मेवारी निर्वाह गर्दा खरो रूपमा उत्रनुपर्ने तर त्यस्तो नगरिएकोमा ध्यानाकर्षण भएको जनाएको छ। शक्तिका आडमा संगठनमाथि अनावश्यक दबाब र प्रभाव सिर्जना गरेको परिपत्रमा उल्लेख छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *