समृद्धि फाइनान्सको मधुबन शाखाद्वारा वित्तीय साक्षरता आयोजना
काठमाण्डौं । समृद्धि फाइनान्सको मधुबन शाखाले वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ। सो कार्यक्रममा सहकारी र फाइनान्स बीचको भिन्नता, बैंकिङ कारोबारको महत्वका बारेमा वित्तीय साक्षरता दिइएको थियो ।कार्यक्रममा बराहक्षेत्र ११, काफ्ले टोल का ४६ जना स्थानिय बासिन्दाको सहभागिता थियो ।
कम्पनीले हाल १३ वटा शाखाहरु मार्फत नगद कारोबार, आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ।