सीजीले ल्यायो दशैंमा १० अफर, घरायसी सामग्री किन्दा सुनको सिक्का

काठमाण्डौं । सीजी स्मार्ट डोमेस्टिक एप्लायन्स (एसडीए) ले दशैंतिहार तथा छठ पर्वको अवसरमा नयाँ योजना “दशैंमा १० अफर” ल्याएको छ । यस अभियान अन्तर्गत १० जना भाग्यशाली ग्राहकहरुले १० १० ग्रामका १० थान सुनका सिक्काहरु जित्ने मौका प्राप्त गर्नेछन्। यो अफर सीजीका साना घरायसी उपकरणहरुमा मात्र समावेश छन्।

यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले सीजीका कुनै पनि साना किचन एप्लायन्स खरिद गरि बिज्ञापन वा सामान किनेको पसलमा दिइएको क्यूआर कोड अनिवार्य रुपमा स्क्यान गरि आफ्नो विवरण भरि समावेश गर्नुपर्नेछ। यो योजना सीजीका हिटर, आइरन, मिक्सर ग्राइन्डर, राइस कुकर, फ्यान, वाटर डिस्पेन्सर, चुल्हो, इन्डक्सन, एयर फ्रायर लगायतका विभिन्न साना घरायसी उत्पादनहरुमा समेटिएको छ । यस अभियान आगामी भदौ २३ गतेबाट नेपालभर सीमित अवधिको लागि लागू हुने कम्पनीको भनाइ छ।कम्पनीले सोही अवसर पारेर सीजी मेरिडिया नामक प्रिमियम सिरिज पनि ल्याएको छ । जसमा प्रिमियम सामानहरु मात्र उपलब्ध हुनेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *