नबिल बैंकले घटायो निक्षेपको ब्याजदर

काठमाडौं । नबिल बैंकले कात्तिक १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले कात्तिकमा मुद्दती निक्षेपकर्तालाई व्यक्तिगततर्फ ६.२५ प्रतिशत, संस्थागततर्फ ५.२५ प्रतिशत र रेमिट्यान्स खातामा ७.२५ प्रतिशत ब्याजदर तोकेको छ ।

यसअघि असोजमा बैंकले व्यक्तिगततर्फ ६.७५ प्रतिशत, संस्थागततर्फ ५.७५ प्रतिशत र रेमिट्यान्स खातामा ७.७५ प्रतिशत ब्याजदर तोकेको थियो । साथै बैंकले कात्तिकमा साधारण बचततर्फ सबै खातामा ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याजदर तोकेको छ । यसअघि सबै बचत खातामा सोही ब्याजदर नै थियो ।

बैंकको आधारदर ७.२४ प्रतिशत छ भने स्प्रेडदर भने ४ प्रतिशत रहेको छ । यसअघि बैंकको आधारदर ७.४२ प्रतिशत छ भने स्प्रेडदर भने ३.९९ प्रतिशत रहेको थियो । बैंकको आधार दर घटेसँगै कर्जाको ब्याजदर पनि स्वतः घट्ने देखिन्छ । बैंकले कर्जा प्रवाह गर्दा ०.२५ प्रतिशतदेखि ४ प्रतिशतसम्म प्रिमियम तोक्ने जनाएको छ । साथै बैंकले स्थिर कर्जाको ब्याजदर ८.४९ प्रतिशत तोकेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *