अधिकार सम्पन्न भूमि आयोग गठन हुन्छ : मन्त्री अधिकारी

खाँदबारी। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले अधिकार सम्पन्न भूमि आयोग गठन हुने बताएका छन् ।

जिल्ला मालपोत कार्यालय खाँदबारीको आज भवन उदघाटन गर्दै मन्त्री अधिकारीले भूमिहीन र सुकुम्बासीको समस्या दुई वर्षभित्र समाधान गर्ने प्रतिबद्धता जनाए । यही महिना भित्रै भूमि आयोग गठन गर्ने उनको भनाइ थियो । “मङ्सिर महिना भित्र सबै जिल्लामा भूमी आयोग गठन गरिसक्छौँ”, उनले भने । प्रदेश र स्थानीय तहसँग समन्वय गरेर सबै भूमिहिनलाई जग्गा उपलव्ध गराउने उनले उल्लेख गरे ।

लामो समयसम्म जमिन भोग गर्दै आए पनि लालपूर्जाविहीन भएर बस्नुपर्ने अवस्थाको अन्त्य गर्न सरकार लागिपरेको उनले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *